Header Ads

विज्ञान संस्कृतिः मानव भविष्यका निम्ति अपरिहार्य चेतना

Keywords

Competitiveness Review
ISSN: N/A
Article publication date: 18 Jun 2025 Permissions
Abstract

Science is the true culture of humanity. The culture of science evolved through humanity’s struggle, originally for their survival in understanding nature’s acts and later to utilize its resources. Since the invention of fire in prehistoric times, science and scientific methods have become an inseparable part of human life and lifestyle.

सारांश
विज्ञान मानवमात्रको एक वास्तविक संस्कृति हो । विज्ञान संस्कृति प्रथमतः मानिसहरुले आनो अस्तित्व रक्षाका लागि प्रकृतिका यावत घटनाहरु बुझ्न र पछिल्ला दिनहरुमा तिनका स्रोतहरुको उपयोग गर्ने क्रममा विकसित हुँदै आएको हो । प्रागैतिहासिक कालमा आगोको आविष्कार भएयता विज्ञान र वैज्ञानिक विधिहरु मानव जीवन र जीवनशैलीको अभिन्न अङ्ग बनेको छ । सभ्यताका सम्पूर्ण चरणहरुमा विज्ञानले मानव समाजमा गहिरो प्रभाव पार्दै आएको छ । त्यो उसको मूल्य–मान्यता, नैतिकता, सोच्ने ढङ्ग, जीवनशैली र आचारसंहिता कुनै पनि सामाजिक आयामहरुमा देख्न सकिन्छ, चाहे दार्शनिक चिन्तन होस् वा प्राविधिक औजार। तथापि विज्ञानलाई भाषा वा समाजशास्त्रको परम्परागत परिभाषाभित्र प्रवेश गराएको देखिँदैन । समाजले उसको परिवर्तनकारी शक्तिलाई स्वीकारेको छ, किनभने विज्ञान–प्रविधिको उपयोगले उनीहरुका कैयन् आधारभूत आवश्यकताहरु पूरा गरिदिन्छ र जीवनस्तर उठाउँछ । अनगिन्ती मानिस र कठोर परीक्षाहरुबाट बनेको वैज्ञानिक विधि मूलतः अवलोकन, परिकल्पना निर्माण र त्यसको परीक्षणले उसलाई सत्यको समीप पु¥याएको हुन्छ । तर, ती विधिहरुले मानव संस्कृतिको रुपमा किन जरा गाड्न सकेन ? वैज्ञानिक संस्कृति मानव समाजलाई अघि बढाउन अत्यन्त महङ्खवपूर्ण छ । विश्व ब्रह्माण्डको बोध गर्न, समाज विकासको दृष्टिकोण बनाउन र प्रकृतिको रहस्य बुझ्नमा यसको अथाह प्रभाव छ । तैपनि विज्ञान मानव संस्कृतिको रुपमा एकीकृत हुन सकिरहेको छैन, किन ? के यो मानव धारणाको परिसीमन हो अथवा अछुत व्यवहार ? प्रस्तुत लेखले विज्ञानलाई संस्कृतिको रुपमा बोध गर्न आह्वान गर्दछ ।

प्रस्तावना

विज्ञान मानव जातिको मौलिक संस्कृति हो । वैज्ञानिक ढङ्गले सोच्नु, कुनै पनि घटना वा नतिजालाई विज्ञानको कसीमा घोट्नु र विज्ञानसम्मत छ÷छैन भनी जाँच्नु विज्ञानको संस्कृति हो । यसलाई संसार भरिका हजारौ“, लाखौ“ वैज्ञानिकहरुको त्याग–तपस्या र परिश्रमबाट प्राप्त ज्ञानले पर्गेलेको हुन्छ । थुप्रैपल्ट परीक्षण गरिएका वैज्ञानिक विधिहरुबाट यो परिस्कृत भएको हुन्छ । विश्वव्यापी मान्यता र भेदभाव रहित सहभगिता यसको विशेष चरित्र हो । चिनियाँ विज्ञान प्रज्ञा–प्रतिष्ठान (कास)बाट प्रकाशित हुने एउटा जर्नलमा प्राध्यापक चुन्ली पाईको सम्पादकीय लेख छापिएको थियो । कास विश्वकै सबभन्दा ठूलो अनुसन्धान संस्था हो, यसमा ५६ हजार वैज्ञानिकहरु कार्यरत छन् । र, ७९ हजार विद्यार्थीहरु अध्यनरत छन् । तीमध्ये अधिकांश विद्यावारिधि गरिरहेका हुन्छन् । कासको नेतृत्वसमेत गरिसक्नुभएका पाई (Bai, 2012) लेख्छन्– ‘वैज्ञानिक संस्कृति एउटा विकसित संस्कृति हो । वैज्ञानिक चिन्तन यसको केन्द्रमण्डल हो र वैज्ञानिक भावना यसको प्राण हो ।’ मानव सभ्यता विकासको क्रममा सामाजिक मूल्य–मान्यता, नैतिकता, जीवनशैली र आचारसंहिता निर्धारण तथा विचार निर्माणमा वैज्ञानिक संस्कृतिले महङ्खवपूर्ण योगदान पुर्याएको छ ।

भारतमा संविधान नै संशोधन गरीकन वैज्ञानिक संस्कृतिको भावना अङ्गीकार गर्ने धारा थपिएको छ । सन् १९७६ मा संशोधित भारतीय संविधानको धारा ५१–ए मा लेखिएको छ– ‘वैज्ञानिक स्वभाव (साइन्टिफिक टेम्पेरामेन्ट)को विकास गर्नु प्रत्येक नागरिकको कर्तव्य हुनेछ ।’ संविधानमा लेखिएअनुसार वैज्ञानिक स्वभावले धर्म निरपेक्षता, मानववाद र खोज तथा सुधारको विकास गर्न सहयोग पुर्याउने छ । ‘साइन्टिफिक टेम्पेरामेन्ट’ भन्ने  शब्द जवाहरलाल नेहरुले आनो पुस्तक ‘दि डिस्कवरी अफ इंडिया’ (प्रकाशन वर्ष सन् १९४६) मा प्रयोग गरेका थिए । वैज्ञानिक स्वभावको प्रवद्र्धनमा पछि वैज्ञानिक डा. पीएम भार्गव (१९२८–२०१७) लगायत अरु धेरै वैज्ञानिकहरुले अभियानहरु चलाएका थिए । संविधानमा उल्लिखित बुँदा थप्ने महङ्खवपूर्ण कामको श्रेय उनैलाई दिइन्छ । पछिल्लो समय हिन्दुवादीहरुको अवैज्ञानिक क्रियाकलाप बढ्दै गएपछि विरोधस्वरुप उनले सन् २०१५ मा आफूलाई प्रदान गरिएको पद्मभूषण अवार्डसमेत फिर्ता गरेका थिए ।

 भाषा : मानव महिमा वा सीमा

धेरैलाई के लाग्छ भने संस्कृति भनेको मानिसको भाषा, भेषभूषा, धर्म, लवाइखवाइ, रीतिस्थिति उसले कायम गरेको सामाजिक आचारसंहिता हुन् संस्कृतिको परिभाषा धेरै भेटिन्छ समाजशास्त्रीहरूले उद्धरण गर्ने एउटा प्रचलित परिभाषा एडवार्ड टाइलर (१८३२-१९१७) को हो उनको परिभाषाअनुसार संस्कृति भनेको एउटा यस्तो समष्टिगत प्रणाली हो, जसमा ज्ञान, विश्वास, कला, सिद्धान्त, नैतिकता, रीतिस्थिति मानिसले समाजको एउटा सदस्यका हैसियतले हासिल गरेको अरू कुनै पनि क्षमता समावेश भएको हुन्छ (Tylor 1871) उनले यो पनि भनेका छन्- संस्कृतिले सामाजिक व्यवहार, समाजमा चलिआएका नीति- नियमहरू मान्यतासमे तलाई समेट्छ। यसलाई समाजशास्त्रमा सम्पूर्ण समाजको जीवन पद्धति पनि भनिन्छ यसप्रकार संस्कृति एउटा ठूलो छाता शब्दावलीजस्तो देखिन्छ नेपाली बृहत् शब्दकोश (नेपाल प्रज्ञा प्रतिष्ठान, विसं २०७५) मा संस्कृतिका चारवटा अर्थ दिइएको छः ) कुनै वस्तुलाई परिमार्जन गरेर वा संस्कृत रूप दिएर चम्किलो, उज्यालो निखुट बनाउने काम; सँस्कार; परिष्कार ) कुनै राष्ट्र वा जातिको सामाजिक जीवन, राजनीति, अर्थव्यवस्था, आदिमा प्रबिम्बित हुने तिनका कलाकौशल, बौद्धिक विकास आदिमा प्रकट हुने सम्पूर्ण क्रियाकलापको परिष्कृत रूप ) धेरै समयदेखि देशकालसापेक्ष भई अन्तरिक, वैचारिक तथा परम्परागत धारणाका रूपमा विकसित हुँदै आएको आचारविचार, रहनसहन आदिका माध्यमले कुनै राष्ट्र, समाज, जाति आदिको स्वरूप खुट्टिने यावत् मान्यता, भावना, चिन्तनमनन, भौतिक अभिव्यक्तिहरूसमेतको समूह वा साधन । ४) कला, साहित्य, इतिहास, भाषा, धर्म, दर्शन आदि विभिन्न विषय वा मूल्यपरम्पराको समष्टि नाम । विज्ञान र वैज्ञानिक क्रियाकलाप माथिका सबै अर्थ वा परिभाषाहरूभन्दा पृथक छैन । विज्ञान मानिसको क्षमता हो, वस्तुलाई परिष्कृत गर्ने काम हो अनि राष्ट्रको आर्थिक विकासको शक्ति, मानव जातिको चिन्तनमनन, समयसापेक्ष अभ्यास, अभिव्यक्ति र जीवनलाई हेर्ने दर्शन पनि हो । 'संस्कृति'जस्तै विज्ञान गतिशील छ, अझ द्रूत गतिमा । भन्ने हो भने विज्ञान मानिसको सामाजिक संस्कृति र सँस्कारलाई नै रूपान्तरण गर्ने संस्कृति हो । नेपालमा मानिसहरू हिजो ढु‌ङ्गालाई पूजा गर्दथे, अहिले मोटर-गाडी, हवाईजहाज र कारखानामा ईन्जिनहरूको पूजा गर्नु र बलि चढाउनु उसको संस्कृति बनेको छ । आजकल मानिसहरू बेलविवाह, व्रतबन्ध र विवाहको विधिविधान युट्युबबाट सिक्छन् । के यो प्रविधिले डोऱ्याएको सामाजिक संस्कृति हैन ? प्रविधि आफैं विज्ञान र वैज्ञानिक सँस्कारले उनेको विधि र उत्पादन हो । यो बेग्लै कुरा हो कि सोह्र श्राद्ध वैज्ञानिकले गराउँदैन र त्यो विज्ञान पनि हैन । जीवन र जगत्लाई हेर्ने मानिसहरूका आफ्‌नै दृष्टिकोणहरू हुन्छन् । त्यस्तो दृष्टिकोणको निर्माण उसको अध्ययन र ज्ञानको दायरा, ऊ हुर्के-बढेको समाज र परिवेश, उसको अनुभव र चिन्तन, आदिमा निर्भर हुन्छ । विश्व दृष्टिकोणका सन्दर्भमा पोजिटिभिजमका प्रणेता अगस्ट कम्त (फ्रान्सेली दार्शनिक, १७९८-१८५७) ले समाजलाई तीन अवस्थाहरूमा वर्गीकरण गरेका छन्- धर्मशास्त्रीय (थियोलजिकल), अधिभौतिक/पराभौतिक (मेटाफिजिकल) र वैज्ञानिक (साइन्टिफिक) । तेश्रो वर्गलाई प्रत्यक्षवाद (पोजिटिभिजम) पनि भनिन्छ, यसले विज्ञान र वैज्ञानिक विधिको पैरवी गर्दछ । हामी कुन अवस्थामा छौं ? यथार्थ के हो त ? लुदविक वित्केनस्टाइन (अस्ट्रियन दार्शनिक, १८८९-१९५१) भन्छन्- 'यथार्थ भन्ने कुरा हामीले प्रयोग गर्ने शब्दले निर्धारण गर्छ ।' र, उनको निक्र्यौल थियो- मेरो भाषाको सीमा भन्नु मेरो विश्वको सीमा हो । भाषा विद्वान्हरूको परिभाषामा विज्ञान संस्कृतिका रूपमा नअटाउनु त्यही सीमाको कारण त हैन ?

 एउटा उदाहरण : शब्द सीमा र गलत व्याख्या

सन् २०२३ जनवरीको फिलोसफी अफ साइन्स जर्नल (ग्रन्थ ६० अंक १) मा छापिएको प्राध्यापक डेनियल होकको रचनाले वैज्ञानिक समुदायमाझ हलचल मच्चाइदिएको छ- कसरी एउटा शब्द सीमा र गलत अनुवादले आइज्याक न्युटन (१६४३-१७२७) को पहिलो सिद्धान्तलाई झन्डै तीन सय वर्षसम्म भ्रमपूर्ण बनाइदियो । न्युटनको चालसम्बन्धी सिद्धान्त समाहित पुस्तक सन् १६८७ मा प्रकाशित भएको थियो, जसले ब्रह्माण्डलाई बुझ्ने वैज्ञानिक धारणाको विकास गरिदियो र हजारौं वर्षदेखिको जिज्ञासालाई गरिदियो मानव समाधान उनको मौलिक सिद्धान्त र पुस्तक लेटिन भाषामा लेखिएको थियो, जसको नाम थियो- 'फिलोसफिए नाचुरालिस प्रिन्सिपिया माथेमातिका' । एकचालिस वर्षपछि उक्त पुस्तक पहिलो पल्ट अङ्ग्रेजी भाषामा अनुदित भयो । त्यतिन्जेल न्युटनको मृत्यु भइसकेको थियो । न्युटनको पहिलो सिद्धान्तलाई सबैले कसरी बुझ्दै आएका थिए भने कुनै पनि वस्तु गतिमा छ भने गतिमै र चालमा छ भने चालमै बस्न खोज्दछ, जबसम्म त्यसमा बाह्य बल लाग्दैन । वैज्ञानिक जगत्ले के बुझ्न सकिरहेका थिएनन् भने ब्रह्माण्डमा कुनै पनि वस्तु 'स्वतन्त्र' हुँदैनन्, तिनमा धेरै वा थोरै बाह्य बल परिरहेकै हुन्छ । तब न्युटनलाई किन यस्तो नियम बनाइरहनु परेको होला ? होकका अनुसार न्युटनले 'जबसम्म' (अङ्ग्रेजीमा 'अनलेस') भन्ने शब्द प्रयोग गरेका थिएनन् । उनले प्रयोग गरेको ल्याटिन शब्द 'निसी क्वातेनस' थियो, जसको सही अनुवाद 'सिवाय त्यो हदसम्म' (एक्सेप्ट इन्सोफार) भन्ने हुन्छ । अतः यस सिद्धान्तको पुनर्लेखन हुनु आवश्यक छ । यसको व्यापक असर के पर्यो भने अन्य भाषामा त्यस सिद्धान्तको प्रायः अनुवादको आधार त्यही 'अनलेस' वाला अङ्ग्रेजी हुन गयो । वित्केनस्टाइनको शब्द र भाषाको सीमाले विश्वको सीमा कसरी संकुचित गर्दछ भन्ने यो एउटा उदाहरण हो ।

आगो, भाषा र विज्ञान

आगोको आविष्कारलाई चार्ल्स डार्बिन (१८० ९-१८८२) ले मानव जातिको सबभन्दा महान् आविष्कारको संज्ञा दिएका छन्, एउटै अपवाद भाषा । आगोको आविष्कार कम्तिमा ७ लाख वर्षअघि मानवको आदिम पुर्खा होमो इरेक्टस (अस्तित्व अवधि आजभन्दा १६ लाख वर्षदेखि २ लाख ५० हजार वर्ष अघिसम्म) ले गरेका थिए । यद्यपि पृथ्वीमा प्राकृतिक आगोको स्रोत मानव जातिको विकास हुनुभन्दा करोडौं वर्ष पहिलेदेखिन् उपलब्ध थियो । जस्तैः ज्वालामुखी, उल्कापिण्ड, चट्याङ्ग आदि । होमो इरेक्टसहरू ढु‌ङ्गाका औजार प्रयोग गर्न सिपालु थिए । यस्तो परिकल्पना गरिन्छ कि होमो इरेक्टस प्रजातिका कसैले दुईवटा दर्शनढुङ्गा जुधाएर पहिलोपटक आगोको झिल्को निकालेका थिए । अहिलेका मानव होमो सेपियन्सले नियन्त्रित आगोको विज्ञान उनैबाट प्राप्त गरेको हुनु पर्दछ । होमो सेपियन्सको उदय १ लाख ८० हजार वर्षपहिले भएको वैज्ञानिक धारणा छ । यिनका जति पनि संस्कृति र परम्पराहरू छन्, जन्मदेखि मृत्युसम्म ती आगोबेगरका छैनन । चाहे ती कुनै पनि भूगोलमा बसोबास गरेका किन नहोउन् । यसरी आगोको विज्ञान यिनको सभ्यताको उषाकालबाटै सँस्कारगत रूपमा जोडिएर आएको देखिन्छ । भाषाको विकासलाई आगोपछिको महान् आविष्कार मानिन्छ र यो अहिलेका मानव प्रजाति होमो सेपियन्सको मौलिक आविष्कार थियो । भाषाको विकास १ लाख ५० हजार देखि २ लाख वर्षको अन्तरालमा भएको अनुमान गरिन्छ । भाषाविद् एवं दार्शनिक नोम चम्सकी (जन्म १९२८) का अनुसार यस प्रजातिमा भाषा सिक्ने जन्मजात खुबी हुन्छ । संसारमा हजारौं भाषाहरू बोलिन्छन्, सयौं भाषाहरू लेखिन्छन् । नेपालमा मात्र पनि १२९ वटा भाषाहरू बोलिने कुरा प्रकाशमा आएको छ । संसारमा कतिपय भाषाहरू लोपसमेत भइसकेका छन् । बोलिने/लेखिने भाषाहरू पनि धेरै परिष्कृत भइसकेका छन् र हुँदै जान्छन् । भाषा र संस्कृतिबीच ठूलो अन्तरसम्बन्ध छ । भनिन्छ, भाषा संस्कृति हो, संस्कृति भाषा हो । तर, विज्ञानचाहिँ भाषाबेगरको संस्कृति हो । वर्तमान सन्दर्भमा सामाजिक सञ्जालमार्फत् सञ्चार आदानप्रदान गर्नु अहिलेको मानव समुदायको संस्कृति बनेको छ । अग्नि संस्कृतिकै कुरा गर्दा त्यो भाषाको आविष्कार हुनुअघि नै विकास भइसकेको प्रविधि सँस्कार थियो । विज्ञान-प्रविधिलाई आर्थिक समृद्धिको शक्ति भनिन्छ । अठारौं शताब्दीको मध्यबाट शुरू भएको औद्योगिक क्रान्तियता संयुक्त राज्य अमेरिका र युरोपेली मुलुकहरूले अभूतपूर्व रूपमा आर्थिक उन्नति गरेको कुरा कसैबाट लुकेको छैन । सन् २००४ मा बेलायती अर्थशास्त्री एङ्गस म्याडिसन (१९२६- २०१०) को 'विश्व अर्थतन्त्र ऐतिहासिक तथ्याङ्क' नामक एउटा युगान्तकारी पुस्तक प्रकाशित भयो । पुस्तकले विभिन्न देशहरूको जनसङ्ख्या र आर्थिक वृद्धिको तथ्याङ्क उतार गरेको थियो, जसका आधारमा पछि अनुसन्धानकर्मीहरूले आर्थिक विकासको ऐतिहासिक प्रवृत्तिको चित्र म्याडिसन ग्राफ उतारेका छन् । जस्तैः म्याडिसन ग्राफले प्रस्टरूपमा के देखाउँछ भने विश्वको कुल गार्हस्थ्य उत्पादनमा गत दुई हजार वर्षको इतिहासमा औद्योगिक क्रान्तिको बिगुल बज्नुअघि अर्थात् सन् १७६० सम्म सबभन्दा धेरै योगदान चीनको (३० प्रतिशत) र भारतको (२५ प्रतिशत) थियो । जुन युरो पको भन्दा बढी हो । त्यही नै बेला संयुक्त राज्य अमेरिकाको योगदान २ प्रतिशतभन्दा कम थियो । औद्योगिक क्रान्तिपछि भने गङ्गा उल्टो बग्न थाल्यो, चीन र भारतको स्थानमा अमेरिका र युरोप पुगे । यो क्रम अद्यापि जारी छ । युरोप र अमेरिकाको आर्थिक चमत्कारको रहस्य अरू केही हैन, हो त प्रविधिको प्रयोग र नवप्रवर्तन । प्रविधिको प्रयोग र नवप्रवर्तन किन हुन सक्यो ? यो बढी महत्त्वको कुरा हो । औद्योगिक क्रान्ति हुनुअघि युरोपमा अभूतपूर्व तवरले बौद्धिक आन्दोलनको हुण्डरी चलिरहेको थियो, जुन कालखण्ड (१६८५-१८१५) लाई ज्ञानको युग वा कारणको युग भनिन्छ । बौद्धिक आन्दोलनको पृष्ठभूमिमा पुनर्जागरण (१४५०-१६५०) थियो । पुनर्जागरण युरोपेली दर्शन, ज्ञान-विज्ञान, कला, संस्कृति, राजनैतिक र सामाजिक पुनरूत्थानको युग थियो, जसलाई मलजल गरेको थियो वैज्ञानिक विचार वा वैज्ञानिक संस्कृतिले । युरोपको त्यस मध्ययुगीन अवस्थामा १५ सय वर्षदेखि चर्चले मानी आएको पृथ्वीकेन्द्रित तोलेमीको सिद्धान्तमाथि प्रश्न सूर्यकेन्द्रित सिद्धान्त प्रतिपादन गर्नु जीवन- मरणको प्रश्न थियो । त्यो प्रश्न गर्ने साहस निकोलस कोपर्निकस (१४७३-१५४३) वा ग्यालिलियो ग्यालिली (१५६४-१६४२) लाई कहाँबाट प्राप्त भयो होला ? स्थापित मान्यतालाई चुनौती दिँदा सोक्रेटसले विषपान गर्नुपरेको कुराबाट ती वैज्ञानिकहरू अनभिज्ञ पक्कै थिएनन् । एकदमै सारांशमा भन्नुपर्दा उनीहरूलाई त्यो वैज्ञानिक सँस्कारबाट प्राप्त गर्दै र आत्मविश्वास थियो (Bhuju 2022) | मानिसको व्यक्तिगत सुख-सुविधा देशको आर्थिक समृद्धिमा विज्ञान तथा प्रविधिले अभूतपूर्व रूपमा योगदान पुऱ्याउन थालेपछि विज्ञान विषयलाई विद्यालय शिक्षाको अभिन्न अङ्गका रूपमा प्रवेश गराइयो । मूलतः यो औद्योगिक क्रान्ति (१७६०-१८४०) सँगसँगै आएको धरणागत परिवर्तन थियो । औद्योगिक क्रान्तिबाट मानिसहरूले के महसुस गर्न पुगे भने व्यावहारिक जीवनको निम्ति विज्ञान एक विशाल खानी रहेछ (Nature Editorial 1931) । तत्पश्चात वैज्ञानिकहरू ज्ञानका लागि चिन्तन-मनन गर्ने सौखिन (अमेच्योर) विचारकहरूबाट व्यावसायिक पेसाकर्मी (प्रोफेसनल) मा बदलिन शुरू भयो । क्रमिक रूपमा विज्ञान चिन्तन-मनन गर्ने एउटा बौद्धिक सँस्कार र जीवनमार्ग मात्र नभएर जीविकोपार्जन समेत गर्ने जागिर वा पेसाको रूपमा विकसित हुन थाल्यो । अर्को अर्थमा, यो अर्थोपार्जन गर्ने साधन हुनगयो र पुँजीको दास बन्न थाल्यो । मालिक अरू नै कोही भए । हालसालै 'नेचर' जर्नलमा चिन्ताजनक तथ्याङ्कसहितको लेख (Park et al 2023) छापियो । लेख भन्छ- विगत ६ दशकयता युग परिवर्तन गर्ने खालका विघटनकारी विज्ञानमा ठूलो ह्रास आएको छ । विघटनकारी विज्ञान भन्नाले यस्तो बुझिन्छ, जसले सयौं वर्षदेखि गढेर बसेको मान्यतालाई भत्काउँदै मानिसको ज्ञान-क्षितिजलाई फराकिलो र परिष्कृत गरी मानिसको आम धारणामा परिवर्तन ल्याउँछ । जस्तैः कोपर्निकसद्वारा प्रतिपादित सूर्यकेन्द्रित सिद्धान्त, न्युटनको गुरूत्वाकर्षणको सिद्धान्त, पाश्चरद्वारा प्रतिपादित रोगको किटाणु सिद्धान्त, डार्बिनको जीव विकास सिद्धान्त, आइन्सटाइनको सपेक्षवादको सिद्धान्त, आनुवांशिकी वस्तु डिएनएको आविष्कार आदि । अनुसन्धाताहरूको सो समूहले ४ करोड ५० लाख वैज्ञानिक लेखहरू र ३९ लाख प्याटेन्टको 'लार्ज डाटा' प्रयोग गरीकन सिडी सूचाङ्क निकालेको थियो । तर, नतिजा निराशाजनक रह्यो । कारण यही हुन सक्छ, विज्ञान र वैज्ञानिकहरू प्रकृतिको रहस्य खोतल्न तथा ज्ञान उत्पादनका निम्ति हैन, नाफा दिने प्रविधिको खोजमा बढी लागे ।

 वैज्ञानिक संस्कृतिको सामाजिक उद्देश्य

वैज्ञानिक संस्कृतिको सामाजिक उद्देश्य के हुन सक्छ ? सम्भवतः वैज्ञानिक संस्कृतिको सबभन्दा महत्त्वपूर्ण सामाजिक उद्देश्य भनेको मानिसमा रहेको पुरानो विचारलाई तर्कसङ्गत विचारमा रूपान्तरण गर्नु हो (Xiao, 2007) 1 त्यसो त पुराना विचारहरूले पनि सत्यको खोजी गर्दछन् । तर, त्यस प्रक्रियामा वस्तुगत विश्लेषण हुँदैन, ज्यादाजसो ती भाग्यवाद र छद्मविज्ञानबाट निर्देशित हुन्छन् । छद्मविज्ञान भन्नाले झट्ट हेर्दा /सुन्दा विज्ञानजस्तो लाग्ने तर वैज्ञानिक विधिलाई भने नपछ्याउने तर्क भन्ने बुझिन्छ । सही विज्ञानमा कुनै पनि घटना/परिघटनाको विवेचना तर्कयुक्त मात्र हुँदैन, त्यसलाई वैज्ञानिक विधिको कसीमा घोट्ने गरिन्छ । वैज्ञानिक विधि एक प्रकारको व्यवस्थित चक्र हो, जसमा मूलतः पाँचवटा अवस्थाहरू हुन्छन्ः अवलोकन, परिकल्पना (हाइपोथेसिस) निर्माण, परीक्षण, नतिजा विश्लेषण र निष्कर्ष । वैज्ञानिक संस्कृतिले यिनै विधिको पैरवी गर्दछ र एकप्रकारले त्यो सँस्कार बन्न पुग्दछ । सँस्कार एक स्वाभाविक अनि स्वस्फुर्त प्रक्रिया हो (Snow, 1961)1 वैज्ञानिक विधिको विकास प्राकृतिक विज्ञान (नेचुरल साइन्स) का अभ्यासकर्ताहरूबाट क्रमिक रूपमा भएको हो जस्तोः ग्रह/उपग्रहहरूको अवलोकन गर्न ग्यालिलियोले दुरबिनको प्रयोग गरे । दुर बिनको आविष्कारले आकाशीय पिण्डहरूलाई हेर्ने मानिसहरूको दृष्टिकोणमै आमूल परिवर्तन ल्याइदियो । त्यस्तै सन् १८६० को दशकमा रोगहरू लाग्नुको कारण कीटाणु (ब्याक्टेरिया) हुन् भन्दै लुई पाश्चर (१८२२ - १८९५) ले कीटाणु सिद्धान्त प्रतिपादन गरे । आँखाले नदेखिने कीटाणुहरूबाट कसरी रोग लाग्छ ? जनसाधारण मात्र हैन उतिबेलाका वैज्ञानिकहरू समेतलाई बुझाउन उनलाई हम्मेहम्मे पर्यो । त्यसबेला मानिसमा रोग लाग्नुको कारण अदृश्य शक्ति, टुनामुना, दोष, बोक्सा-बोक्सी, वायु, श्राप आदि हुन् भन्ने आमधारणा थियो । पाश्चरले माथि उल्लिखित वैज्ञानिक विधिबाट निक्र्यौल गर्न सुझाए र त्यसको व्याख्या गर्न (I MRAD (Introduction, Methodology, Results and Discussion अर्थात् परिचय, विधि, नतिजा तथा छलफल) को सूत्र दिए । आजभोलि यो सूत्र सामाजिक विज्ञानमा समेत लोकप्रिय भएको छ । यद्यपि वैज्ञानिक विधि प्रयोगशालाहरूमा अनुसन्धानको मूल आधार हो । वैज्ञानिकहरू यसैमा टेकेर अनुसन्धान गर्दछन्, समाज र सभ्यताका लागि नयाँ-नयाँ वस्तुहरूको आविष्कार गर्दछन् । आम मानिसहरू तिनबाट उत्पादित वस्तुको उपभोग गर्दछन् र यथेष्ट लाभ लिन्छन् । दुरूह कुरा के हो भने यति हुँदाहुँदै पनि विज्ञान मानव संस्कृतिको रूपमा किन एकाकार हुन सकिरहेको छैन ? ग्रीसेली पौराणिक कथामा एउटी पात्र छिन्- केसान्द्रा । केसान्द्रा एपोलोकी एक समर्पित पुजारी थिइन् र उनलाई भविष्यवाणी गर्न सक्ने वरदान प्राप्त थियो । तर, बिडम्बना के भने उनको भविष्यवाणीमा कसैको विश्वास भने हुँदैनथ्यो । फ्रेडरिको मायोर जारगोजा जो एक वैज्ञानिक र युनेस्कोमा लामो समय नेतृत्व दिएका कुटनीतिज्ञ पनि हुन्, एउटा प्रसङ्गमा उनले एकचोटि भने का थिए- विज्ञान हाम्रो युगको केन्द्र भएको छ । विज्ञानप्रतिको यो दृष्टिकोणमा परिवर्तन जरूरी भएको छ।

 उपसंहार

 विद्वान्हरूले संस्कृतिलाई 'जीवन' भनेका छन् । विज्ञानले मानव चिन्तनलाई फराकिलो बनाउँदै उसको सभ्यतालाई वैभव र इतिहास प्रदान गरेको छ । मानव भविष्य पनि यसैमा निहित छ । तथापि, मानव जीवनकै अङ्ग बनेको विज्ञानलाई उसको संस्कृति भने बन्न दिइएको छैन । विज्ञानलाई बढी सुविधा र नाफाखोरको यान्त्रिक साधनका रूपमा दुरूपयोग गर्न थालिएको छ, खासगरी औद्योगिक क्रान्तियता पुँजीवाद झाँगिन थालेपछि । समाज झनै प्रविधि निर्भर तर वैज्ञानिक चेतनाबाट दूर विज्ञान-निरक्षर हरूको झुण्ड बन्दै गइरहेको छ । सभ्यताका लागि यो वास्तवमै आत्मघाती यात्रा हुनेछ । यस्तो दुर्घटनाबाट जोगाउने मानवीय चेतनाको दियो भनेको विज्ञान संस्कृति हो । विज्ञानलाई मानवीय चिन्तन र संस्कृतिसित एकाकार गर्न जरूरी भएको छ ।

 


 

सन्दर्भ–सामग्री

Bai C (2012) Promoting scientific spirit to cultivate scientific culture . Bulletin of the Chinese Academy of Sciences Editorial, 26 (3): 174-175

Bhuju DR (2022) Scientific culture and professionalism . Keynote speech at 10th Annual Conference of Nepalese Society of Neurosurgeons

(8-10 September, 2022), Pokhara, Nepal

Maddison A (2007) Contours of the World Economy I-2030AD . Oxford University Press, ISBN 978-0199227204

Nature Editorial (1931) Professionalism and science . Nature, 3217 (127): 961-963

Park M, E Leahey and RJ Funk (2023) . Papers and patents are becoming less disruptive over time . Nature, 613: 138–144

Snow, CP (1961) . The Two Cultures and the Scientific Revolutions . Cambridge University Press.

Tylor, E (1871) . Primitive Culture . Vol 1 . New York: JP Putnam’s Son

Wang, C (2018) . Scientific culture and the construction of a world leader in science and technology . Cultures of Science, 1(1): 1–13

Xiao, SJ (2007) Reconsideration on the implantation of modern Chinese scientific culture . The Science Education Article Collects (10):

170–172 . Cited in Wang (2018).

Article References

Citations

Bai C (2012) Promoting scientific spirit to cultivate scientific culture . Bulletin of the Chinese Academy of Sciences Editorial, 26 (3): 174-175

Bhuju DR (2022) Scientific culture and professionalism . Keynote speech at 10th Annual Conference of Nepalese Society of Neurosurgeons

​​​​​​​

Copyright © 2025, Thought Navigation

Image