;
सार संक्षेप
मुख्य शब्दहरू अन्तर्ज्ञान, मिथ्याकरण, वैज्ञानिक विधि, वस्तुनिष्ठता, पृच्छा, परिशुद्धता
प्रस्तुत लेख सामान्यतया वैज्ञानिक पद्धति, विज्ञानको दर्शन, अनुसन्धान पद्धति र सम्बन्धित क्षेत्रहरूमा रूचि राख्ने पाठकहरूलाई उपयुक्त हुनेगरी पस्कन प्रयास गरिएको छ । लेखले शोधकर्ता, विज्ञानकर्मी, नवप्रवर्तक, विज्ञानको दर्शनका विद्यार्थीहरू, शिक्षक र प्रशिक्षकहरू, विज्ञान-लेखक तथा विज्ञान र वैज्ञानिक विधिमा रूचि राख्ने आम मानिसहरूमा जिज्ञासाको तह अझ बढाउने अपेक्षा गरिएको छ । विज्ञान के हो, यो किन र कसका लागि, यसको दार्शनिक आधार के हुन् ? यस्ता आधारभूत विषयको चर्चाका साथ यो लेख आरम्भ गरिएको छ । सार रूपमा यहाँ, विज्ञानले अर्थपूर्ण खोजका लागि संरचित र भरपर्दो विधि प्रदान गर्दछ । विश्वको गहिरो बुझाइ प्राप्त गर्न र प्रमाणको आधारमा सूचित निर्णयहरू गर्न मार्गप्रशस्त गर्दछ । त्यसैले विज्ञानको अस्तित्व र अवस्थिति जहिल्यै पनि अपेक्षित छ भन्ने धारणा पेश गरिएको छ । लेखको मूल भागमा, लेखको उद्देश्य सम्बोधन गर्ने हेतुले ज्ञानार्जनका लागि मानव जातिले प्रयोग गरिआएका विभिन्न विधिहरूको संक्षिप्त चर्चा गरिएको छ । वैज्ञानिक अनुसन्धानको आधारभूत अनिवार्यताका रूपमा रहेको 'ज्ञानार्जनको वैज्ञानिक विधि' र यसमा अन्तर्निहित सिद्धान्तहरूको विवेचना गरिएको छ । वैज्ञानिक विधिका विशेषता र अन्य स्वभावहरूको चर्चा चर्चा गरिएको छ । यसपछि आफ्नै अनुसन्धान वा अध्ययनले वैज्ञानिक विधिको पक्षपोषण गर्न सकेको छ कि छैन भनी कसरी जाँच गर्न सकिएला, चर्चा गरिएको छ । लेखको समाप्तितिर बोध र वैज्ञानिक विधिमा प्रश्नको आवश्यकता र महत्त्व संक्षिप्तमा उल्लेख गरिएको छ । साथै वैज्ञानिक विधिको संरचित दायरा उलंघन नगरी विज्ञानका सम्भावनाहरू कसरी सकारात्मक र प्रभावकारी रूपमा ग्रहण गर्न सकिन्छ भन्ने विश्लेषण प्रदान गर्ने जमर्को गरिएको छ ।
निसन्देह, मिथ्या-कल्पना र अन्धविश्वास रहित विशेष ज्ञानको मूर्तरूप नै विज्ञान हो । भनिन्छ, आवश्यकता नै आविष्कारको जननी हो । प्रष्टै छ, मानिसको आवश्यकता र जिज्ञासुपनले विज्ञान र अविष्कारको प्रादुर्भाव भयो । आफू वरिपरिको प्रकृति, भूबनोट, आकाश र संसारको बारेमा बुझ्न मानव जातिले जिज्ञासा, चिन्तन र खोजको क्रम पनि आफ्नो विकासको क्रमसँगै शुरू गरेको पाइन्छ । कल्पना, चिन्तन र प्रयोगमा आधारित भएर आधुनिक मानवले यी विषयलाई समयानुसार आ-आफ्नै ढङ्गले परिभाषित गर्ने प्रक्रिया चल्यो । यस्तो वैज्ञानिक विचारको विकासको लामो र जटिल शृङ्खला मानिसकै पुरातन सभ्यताहरूको अध्ययनबाट पत्ता लगाउन सकिन्छ । हजारौं वर्षमा बिस्तारै विकसित भएको हुनाले वैज्ञानिक विचारको उत्पत्ति समय सही रूपमा पत्ता लगाउन गाह्रो छ । इसापूर्व छैटौं र पाँचौं शताब्दीतिरै प्राचीन ग्रीकहरूले पौराणिक वा धार्मिक व्याख्याहरूमा मात्र भर पर्नुको सट्टा घटनाहरूको प्राकृतिक व्याख्या आरम्भ गर्दै प्रारम्भिक वैज्ञानिक विचारको सूत्रपात गरेका थिए । वैज्ञानिक दृष्टिकोणको प्रादुर्भाव इसापूर्वमै भएको देखिए पनि इसाको १० औं शताब्दीसम्म आइपुग्दा पनि धेरै नवीन खोजको विवरण पाउन सकिन्न । इसाको १६ औं शताब्दीदेखि १८ औं शताब्दीको समयमा आएर वैज्ञानिक क्रान्तिले परम्परागत विचारलाई महत्त्वपूर्ण रूपमा बिदा दिएको हो । १९औं र २०औं शताब्दीमा विज्ञानको निरन्तर विकाससँगै मानव जातिका लागि अत्यावश्यक प्रविधि र उद्योगको द्रुततर रूपमा विकास हुनगयो । वैज्ञानिक अनुसन्धानले प्राकृतिक घटना र सिद्धान्तहरूको नवीन ज्ञान र बोध उत्पन्न गर्यो, साथै नयाँ प्रविधिको विकास गर्दै व्यावाहिरक प्रयोगको बलियो जग बसायो । फलस्वरूप, तीव्र रूपमा प्राविधिक तथा औद्योगिक विकास र चामत्कारिक रूपमा प्रकृति र ब्रह्मान्डको खोज अगाडि बढ्यो । यो लेखमा पहिले त संसारलाई फरक ढङ्गले हेर्ने, बुझ्ने र व्याख्या गर्ने प्रक्रिया कसरी शुरू भयो, संसारलाई जान्न विज्ञान र वैज्ञानिक धारणाले कस्तो भूमिका निर्वाह गरेको छ, विज्ञानको दार्शनिक आधार के हो, विज्ञानले कसरी मानिसको सोच बदलिदियो र नयाँ कुरा बोध गरायो, किन विज्ञानको अस्तित्व र अवस्थिति जहिल्यै पनि अपेक्षित छ, विज्ञानसँग विभिन्न ज्ञानक्षेत्रहरूमा प्रगति र नवीनताका लागि सम्भावना के-के छन् भन्नेजस्ता आधारभूत विषयमा चर्चा गरिएको छ । लेखको अर्को खण्डमा वैज्ञानिक अनुसन्धानका केही आधारभूत विषयहरूमा चर्चा गरिएको छ । यस्तो चर्चाको जड नै यस लेखको 'समस्या कथन' हो । 'कतिपय विज्ञानसम्बन्धी अनुसन्धान लेखहरूमा समेत वैज्ञानिक मान्यताहरू, मापदण्डहरू र विधिहरू पनि उल्लङ्घन भएको पाइने गरेको' (Stroebe, Postmes, & Spears, 2012) प्रसँग नै यस लेखको केन्द्रीय विषय बन्यो । सो प्रसङ्गलाई सम्बोधन गर्ने हेतुले नै यो लेख तयार भएको छ । मानव मात्रले कसरी सिक्न सुरू गर्छ, कुनै कुरालाई के-के विधिबाट आत्मसात गर्छ, कुन विधि वैज्ञानिक हो र कुन विधिको सिकाइ विज्ञानसम्मत हुँदैन भन्ने कुराको चर्चा नै यो लेखको विषय बनाइएको छ । यसै सेरोफेरोमा ज्ञान आर्जनका विविध विधिहरूः अटलताको विधि, अख्तियारको विधि, अन्तर्ज्ञानको विधि, तर्कको विधि, अनुभवको विधि र वैज्ञानिक विधिका सकेसम्म सबै पक्षको चर्चा गरिएको छ । वैज्ञानिक विधि अवलम्बन गर्ने सवालमा पृच्छा अर्थात् प्रश्न गर्ने इच्छाको कस्तो भूमिका रहन्छ भन्ने विषय यसपछि चर्चा गरिएको छ । र, अन्त्यमा वैज्ञानिक विधिका मान्यताहरू उल्लङ्घन नगरी विज्ञानका सम्भावनाहरूलाई मानवोचित प्रयोगका लागि के-कसरी व्यवस्थित गराउन सकिएला भन्ने विचार प्रस्तुत गरिएको छ ।
प्रमाणमा आधारित व्यवस्थित पद्धतिको अनुसरण गर्दै प्राकृतिक र सामाजिक संसारको ज्ञान र बोधको खोजी तथा अनुप्रयोग नै विज्ञान हो । अर्थात् विज्ञान अवलोकन, प्रयोग र परीक्षणयोग्य परिकल्पना र सिद्धान्तहरूको तथा विश्लेषणको माध्यमबाट प्राकृतिक संसारका बारेमा ज्ञान प्राप्त गर्ने एक व्यवस्थित, सङ्गठित र अनुभवजन्य दृष्टिकोण हो । यसले समाज, प्रकृति र ब्रह्माण्डको व्यवहार लाई नियन्त्रण गर्ने ढाँचा, नियमहरू र सिद्धान्तहरू पत्ता लगाउन खोज्छ । विज्ञानका आधारभूत कडीहरूमा परिकल्पनाहरू तयार गर्नु, प्रयोगहरू सञ्चालन गर्नु र डेटा सङ्कलन गर्नु, प्रमाणहरूको आधारमा निष्कर्ष
निकाल्नु, विभिन्न घटनाहरूलाई नियन्त्रण गर्ने अन्तर्निहित सिद्धान्तहरू र संयन्त्रहरू बुझ्नु तथा तिनीहरूको व्याख्या गर्नुजस्ता कुरा पर्दछन् । घटनाहरू बुझ्नु र व्याख्या गर्नु, ढाँचाहरू पत्ता लगाउनु र भविष्यवाणी गर्नु नै विज्ञानको उद्देश्य हो । विज्ञानले अर्थपूर्ण खोजका लागि संरचित र भरपर्दो विधि प्रदान गर्दछ, जसले विश्वको गहिरो बुझाइ प्राप्त गर्न र प्रमाणको आधारमा सूचित निर्णयहरू गर्न मार्गप्रशस्त गर्दछ । त्यसैले विज्ञानको अस्तित्व र अवस्थिति जहिल्यै पनि अपेक्षित छ । विज्ञानले भौतिक विज्ञान, रसायन विज्ञान, जीव विज्ञान, खगोल विज्ञान, स्नायुविज्ञान, मनोविज्ञान, समाज विज्ञानसहितका अन्य धेरै विषयहरू समेटेको छ । विज्ञान कसका लागि हो भन्ने प्रश्नमा घोत्लिँदा भन्न सकिन्छ- यो सबैका लागि हो । यसको आविष्कार र अन्तर्दृष्टिले समग्र समाजका लागि व्यापक अनुप्रयोग र प्रभावहरू छोडेको छ । वैज्ञानिकहरू ज्ञानको दायरा बढाउन अनुसन्धानमा संलग्न हुन्छन् । तर, वैज्ञानिक बोधका फाइदाहरू विभिन्न प्राविधिक क्षेत्रहरू, उद्योगहरू र दैनिक जीवनमा विस्तार हुन्छन् । विज्ञानले व्यक्ति, समुदाय, जनसङ्ख्यासहित चिकित्सा विकासदेखि प्राविधिक आविष्कार, वातावरणीय संरक्षण देखि अन्तरिक्ष अन्वेषणसम्ममा विश्वव्यापी प्रभाव पार्छ । जाँच विज्ञानको दर्शन एउटा यस्तो क्षेत्र हो, जसले विज्ञान के हो, यसले कसरी काम गर्दछ र कस्ता तर्क एवं प्रयोगको माध्यमबाट हामी वैज्ञानिक ज्ञान निर्माण गर्दछौं भन्नेजस्ता विषय प्रष्ट पार्दछ । 'विज्ञानको दर्शन' दर्शनको एक शाखा हो, जसले विज्ञानका आधारभूत अवधारणाहरू, विधिहरू र अन्तर्निहित मान्यताहरू तथा वैज्ञानिक अन्वेषणको प्रकृतिको गर्दछ । यसले वैज्ञानिक विधि, वैज्ञानिक तर्कको प्रकृति, वैज्ञानिक सिद्धान्तहरूको मूल्याङ्कन गर्ने मापदण्ड, विज्ञान र ज्ञानका अन्य रूपहरूबीचको सम्बन्ध, सिद्धान्त र अवलोकनबीचको सम्बन्ध तथा वैज्ञानिक तर्कमा प्रयोग र प्रमाणको भूमिकासँग सम्बन्धित प्रश्नहरूको अन्वेषण गर्दछ । विज्ञानको दर्शनले वैज्ञानिक विधि, वैज्ञानिक यथार्थवाद र वैज्ञानिक अनुसन्धानको सामाजिक एवं नैतिक प्रभावजस्ता व्यापक मुद्दाहरूलाई पनि सम्बोधन गर्दछ । विज्ञानको दार्शनिक आधारका रूपमा केही विशेषताहरू रहेका छन् । सामान्यतया वैज्ञानिक विधिको कसीमा निम्नलिखित विशेषताहरू प्रतिबिम्बित हुनु आवश्यक मानिन्छ :
क) अनुभववाद, अर्थात् प्रत्यक्ष अवलोकन र प्रयोगद्वारा प्राप्त प्रमाणको महत्त्व (Shelley, 2006)
ख) प्रकृतिवाद, अर्थात् संसारको अलौकिक वा अधिभौतिक व्याख्याहरूको सट्टा प्राकृतिक कारणहरू र संयन्त्रहरू केन्द्रित व्याख्या (Papineau, 2007)
ग) मिथ्याकरण, अर्थात् कुनै नयाँ परिकल्पना वा सिद्धान्तलाई वैज्ञानिक मान्नका लागि सम्भवतः पूर्ववत् परिकल्पना वा सिद्धान्तलाई गलत साबित गर्न सक्ने प्रयोग वा अवलोकनको सम्भावना (Popper, 2005)
घ) वस्तुनिष्ठता, अर्थात् प्रकृति वा प्रणालीको व्याख्यालाई प्रभाव पार्ने सक्ने पूर्वाग्रह, व्यक्तिगत विश्वास र भावनाहरूलाई न्यूनीकरण गर्ने लक्ष्यसहितको संरचना (Daston&Galison, 2010)
ङ) प्रगति र संशोधन, अर्थात् नयाँ प्रमाणहरू देखापर्दा वैज्ञानिक सिद्धान्तहरू र मोडेलहरू परिमार्जन वा प्रतिस्थापन गर्न सकिने अवस्था (Kuhn, 1970) |
मानव जाति अनन्त कालदेखि विभिन्न रूपमा निरन्तर ज्ञानआर्जन प्रक्रियामा लागिरहेको पाइन्छ । मानिस प्रारम्भदेखि नै प्राकृतिक विषयहरूमा विभिन्न तरिकाले आफ्नो विश्वास स्थापित गरिरहेको छ । कुनै विषयलाई कसैले भनेको विश्वासमा, कुनैलाई हेरेर देखेर र अनुभव गरेर, कुनैलाई तर्क, प्रयोग र परीक्षणको विधिद्वारा धारण गरेको पाइन्छ । सामान्यज्ञान मानव मस्तिष्कको व्यावहारिक उपयोगको सिँढीमा र वैचारिक सुरक्षित, अवधारणा योजनाहरूको प्रतिबिम्बित रूप हो (Gregory, 2005)। यो भन्दा अझै उन्नत कुरा त के हो भने विज्ञानको विधि सधैं प्रयोगद्वारा पुष्टि या समर्थित हुने गर्छ, त्यसै ले, विज्ञानद्वारा तथ्यधारण गर्ने विधिलाई सधैं 'व्यवस्थित र नियन्त्रित' मानिन्छ। व्यापक परिदृश्यमा विचार गर्दा, कुनै विषयमा विश्वास तय गर्न, ज्ञानआर्जन गर्न या बुझाइ स्थापित गर्न केही खास विधिहरू प्रयोगमा आउने गरेको पाइन्छ । अधिक उल्लेख्य रहेका केही विधिहरू हुन्- अटलताको विधि, अख्तियारको विधि, अन्तर्ज्ञानको विधि, तर्कको विधि, अनुभवको विधि र वैज्ञानिक विधि । यी विधिहरूमध्ये वैज्ञानिक विधि ज्ञानार्जनको सटिक विधिको रूपमा प्रतिष्ठित हुन्छ । यहाँ सबै विधिहरूका बारेमा संक्षिप्त छलफल गरिएको छ ।
अटलताको विधि एक मनोवैज्ञानिक प्रक्रिया हो, जसले विश्वास स्थापित गर्न विपरीत प्रमाण वा तर्कहरूको पर्वाह नगरी व्यक्तिको आफ्नो विश्वास वा विचारमा अडिग रहने प्रवृत्तिलाई जनाउँछ (Peirce, 1877)1 अटलताको विधि भनेको मानव जातिले आफूलाई लागेको यो कुरा नै सत्य हो भनेर आफ्नै तरिकाले दृढतापूर्वक निर्धारण गर्ने विधि हो । यस विधिमा, यदि कसैलाई केही सत्य लाग्छ भने उसले 'त्यो नै सत्य हो' भन्ने निष्कर्ष निकाल्छ । यो स्वज्ञान या स्वमान्यताद्वारा विश्वास स्थापित गर्ने विधि हो । अटलताको विधिद्वारा जान्नु नबिर्सिने खालको संज्ञानी अवधारणा हो । यो विधिमा मानिसले निम्न तरिकाले विश्वास स्थापना गर्दछ :
- सधैं यसैलाई सत्य हो भनेर मानिएको छ, अत्यसैले यही सत्य हो ।
- सबैले यो सत्य हो भन्छन्, त्यसैले यो सत्य हो ।
- यो दिनप्रतिदिन सत्य देखिन्छ, त्यसैले यो सत्य हो ।
ज्ञानार्जनको अर्को विधि अख्तियारको विधि हो । यसमा मानिसहरूले कुनै विषय यदि आफूले मानेको आधिकारिक स्रोत (अख्तियार) बाट प्राप्त भएमा स्वतः सोहीअनुसारको अवधारणा बनाउने र विश्वास स्थापित गर्ने गर्दछन् । यो विधिमा व्यक्तिले उसले मानेको आधिकारिक स्रोतले यो सत्य हो भन्यो भने सोही कुरालाई स्वतः सत्यका रूपमा ग्रहण गर्छ (Peirce, 1934) । यो ज्ञान प्राप्त गर्ने सबैभन्दा सामान्य तरिकाहरूमध्येको एक हो । सत्यलाई मान्यता प्राप्त स्रोतबाट धारण गरिने हुनाले यो विधि अटलताको विधिभन्दा केही उच्च छ । अख्तियारप्राप्त व्यक्तिहरू र सामग्रीले यो चाहिँ सत्य हो भनी नयाँ कुरा देखाइदिन सक्ने हुनाले यस विधिमा कहिलेकाहीँ नयाँ विचारहरू स्वीकार तथा समावेश गर्ने सम्भावना पनि रहन सक्छ । त्यसबेला यो विधि स्थापित विश्वास- रूपान्तरणको विधि हुनपुग्छ । यस विधिमा मानिसले निम्न तरिकाले विश्वास स्थापित गर्दछ :
- अमुक धर्मग्रन्थमा यसो भनिएको छ, त्यसैले यो सत्य हो ।
- अमुक दलको घोषणा-पत्रमा यो लेखिएको छ, त्यसैले यो सत्य हो ।
- प्रसिद्ध फलाना भौतिकशास्त्रीले समेत भनेका छन्- 'मृत्युपछिको संसार छ', त्यसैले यो सत्य हो ।
अख्तियारको विधिलाई ज्ञानार्जनको वैज्ञानिक विधि मानिँदैन । यो विधि व्यक्ति, संस्था वा धार्मिक पाठजस्ता स्रोतमा निर्भर हुन्छ । यस विधिमा अनुभवजन्य जाँच र स्वतन्त्र प्रमाणीकरणबिना नै स्रोतको अधिकार वा प्रतिष्ठाको आधारमा मात्र विश्वासहरू स्थापित गरिन्छ । यसले प्रश्न नगरी वा आलोचनात्मक रूपमा मूल्याङ्कन नगरी जानकारी स्वीकार गर्नमा जोड दिन्छ । यो विधिमा परिकल्पनाहरू तयार गर्ने, प्रयोगहरू सञ्चालन गर्ने, डेटा सङ्कलन गर्ने, प्रमाणहरूमा आधारित निष्कर्षहरू कोर्नेजस्ता कुरा कल्पना पनि गर्न सकिँदैन
ज्ञान ग्रहणको अति प्रचलित विधिमध्येको एक अन्तर्ज्ञानको विधि हो । यस विधिमा सचेत र तर्कसङ्गत विचार प्रयोग गर्नुको सट्टा अन्तर्ज्ञानले जे सत्य महसुस गर्छ, त्यसैमा विश्वास गरिन्छ (Gigerenzer, 2007)। यसमा प्रत्यक्ष भोगाइ, तत्कालको बुझाइ वा अन्तरदृष्टिद्वारा विस्वास स्थापित गरिन्छ । यो प्रायः मनको अन्तरभावना या चित्तवृत्तिको भावनाको रूपमा प्रकट हुन्छ र व्याख्या प्रायः कठिन छ । तार्किक खोज वा वैज्ञानिक प्रमाणको सट्टा झुकावको आधार मा संज्ञानात्मक र प्रेरक पूर्वाग्रह प्रयोग गरेर सङ्कलित र सञ्चालित सूचनाबाट धारणा स्थापित गरिने हुनाले अन्तर्ज्ञानबाट मानिएको सत्य गलत हुन सक्छ । अक्सर व्यक्तिगत अनुभव, भावना वा वृत्तिमा आधारित हुनाले अन्तर्ज्ञानलाई ज्ञानार्जनको वैज्ञानिक विधि मानिँदैन । अन्तर्ज्ञान प्रयोगका उदाहरणहरू निम्न हुन सक्छन्ः
यस विधिमा यदाकदा विकल्पहरू तुलना गरिने र विभिन्न सम्भावनाहरूलाई पर्गेल्ने कार्य गरिने हुनाले कहिलेकाहीँ यस विधिमा आधारित निर्णयहरू विश्लेषणमा आधारित निर्णयजत्तिकै भरपर्दा हुन पनि सक्छन् । यो विधिले सही अन्तर्दृष्टि वा परिकल्पनाहरू निम्त्याउन पनि सक्छ । तर, ती सबै व्यक्तिपरक हुन्छन् र परिणामहरू संयोगको परिणाम हुन सक्छ न् । यो विधिबाट सिकिएको कुरा वैज्ञानिक सन्दर्भमा भरपर्दो र परीक्षणयोग्य हुन सक्दैन । अन्तर्ज्ञानले परिकल्पना वा विचारहरू सिर्जना गर्न भूमिका खेल्नसक्छ । तर, वैज्ञानिक ज्ञान स्थापित गर्न यो आफैंमा पर्याप्त छैन ।
तर्कको विधि कुनै विषयका बारेमा जान्न या धारणा बनाउन प्रयोग हुने अर्को बहुप्रचलित विधि हो। यो विधि तर्कवादमा आधारित हुन्छ । ज्ञानार्जनका लागि यो विधि संवेदनात्मक अनुभव वा अन्तर्ज्ञानमा मात्र भर पर्दैन । यसले तर्क र तार्किक सोचलाई आफ्नो ज्ञानको प्राथमिक स्रोतका रूपमा स्वीकार गर्दछ (Siegel, 1989) | तर्कवादीहरूको विश्वासमा मानिसको दिमाग जन्मजात विचार वा अवधारणाहरूले सुसज्जित हुन्छ र त्यसले नै ज्ञान र समझदारीको आधार प्रदान गर्दछ । तर्कवादले सत्यहरू प्रयोग र प्रमाणहरूबाट नभई केवल तर्कमार्फत पत्ता लगाउन सकिन्छ भन्ने विश्वास गर्दछ (Markie & Folescu, 2021)| यसले निगमनात्मक (डिडक्टिभ) तर्कमा जोड दिन्छ । ज्ञान प्राप्त गर्ने साधनका रूपमा, सिद्धान्तहरू, तिनका निगमनहरू र तार्किक निष्कर्षहरूलाई लिन्छ । रेने डेकार्टस (१५९६-१६५०) लाई आधुनिक तर्कवादको पिता मानिन्छ । उनको प्रसिद्ध कथन 'मलाई लाग्छ, त्यसैले म हुँ' ले ज्ञानको आधारको रूपमा तर्कको शक्तिमा जोड दिएको देखिन्छ (Nadler, 2008) । तर्कको परिसर गलत भएमा वा तर्कको आधारमा त्रुटि भएमा यो विधिका निष्कर्ष मान्य हुन सक्दैनन् । तर्कका नियमहरूमा औपचारिक रूपमा प्रशिक्षित नभएसम्म त्रुटि भैरहन सक्छ । यदि परिसर सही छ र तार्किक नियमहरू सही रूपमा पालना गरिएको छ भने यो विधि पनि ज्ञान प्राप्त गर्ने एउटा राम्रो माध्यम हो । उदाहरणका रूपमा निम्न विषयलाई लिन सकिन्छ :
तर्कवादले संसारलाई बुझ्न मानवीय तर्कको शक्तिलाई जोड दिन्छ, जुन ज्ञानार्जनका लागि पूर्ण वैज्ञानिक विधि होइन । यसले दार्शनिक र गणितीय तर्कमा महत्त्वपूर्ण योगदान पुऱ्याएको भए पनि वैज्ञानिक ज्ञान स्थापित गर्न यो आफैंमा पर्याप्त छैन । यसले ज्ञानको स्रोतको रूपमा कारण, तर्क र निगमनमा बढी जोड दिन्छ । जब कि वैज्ञानिक पद्धति मुख्यतया प्रयोग, प्रमाण र परीक्षणमा आधारित हुन्छ । वैज्ञानिक विधिले व्यवस्थित अवलोकन र सिमुलेसनबाट समेत ज्ञान उत्पन्न गर्ने क्षमता राख्दछ । यसको विपरीत, तर्कवाद अमूर्त तर्क र तार्किक सुसङ्गततामा बढी निर्भर गर्दछ । सारांशमा भन्नुपर्दा, तर्कवादले वैज्ञानिक परिकल्पना र सिद्धान्तहरूको विकासमा भूमिका खेल्छ । तर, यो स्वपरीक्षण र सुधारको गुञ्जायस राख्न सक्ने व्यापक वैज्ञानिक विधि बन्न सक्दैन ।
ज्ञान मुख्यरूपमा संवेदनात्मक अनुभव, बाह्य संसारको अवलोकन, प्रयोगहरू र अनुभवजन्य प्रमाणहरूको सञ्चयबाट प्राप्त हुन्छ भन्ने मान्यता राख्ने विधि नै अनुभवको विधि हो । यो विधि दार्शनिक दृष्टिकोण अनुभववाद (Empiricism) सँग सम्बन्धित छ । अनुभववादीहरू अनुभवजन्य प्रमाणको महत्त्वलाई जोड दिन्छन् र जन्मजात विचार वा अवधारणाहरूको विचारलाई अस्वीकार गर्छन् (Shelley, 2006) । अनुभववादीहरू लाई बुझ्नका लागि आधार प्रदान दान गर्दछन् भन्ने कुरामा विश्वास गर्छन् । ज्ञान अवलोकन तथा अन्तरक्रियाको संवेदनात्मक अनुभवहरूबाट प्राप्त हुने उनीहरूको विश्वास छ । अवलोकन र अनुभवमार्फत ज्ञान प्राप्त गर्ने दृष्टिकोण हुनाले अनुभववादको प्रयोग वैज्ञानिक विधिमा पनि पाउन सकिन्छ । वैज्ञानिकहरू परिकल्पनाहरू बनाउन र प्राकृतिक संसारको बारेमा निष्कर्ष निकाल्न व्यवस्थित अवलोकन र प्रयोगबाट प्राप्त संवेदनात्मक अनुभवजन्य प्रमाणहरूको सङ्गठित अनुभवलाई आधार भूत रूपमा ग्रहण गर्दछन् । त्यसैले यसलाई वैज्ञानिक विधिको एक आधारका रूपमा लिन सकिन्छ । तर, यो विधि पूर्ण वैज्ञानिक विधि भने हुन सक्दैन । अनुभववादमा आधारित ज्ञानार्जनको उदाहरणका रूपमा निम्न विषयलाई लिन सकिन्छ : इन्द्रियहरूले संसार
कतिपय अवस्थामा पूर्वानुभवहरूले पनि घटनाहरू बुझ्ने तरिकालाई परिवर्तन गराइदिन सक्छन् । अनुभववादले पूर्वस्थापित मान्यताहरूलाई अद्याबधिक गर्न, परीक्षण गर्न वा नयाँ निष्कर्ष निकाल्न व्यवस्थित अवलोकन र प्रयोगको तरिका अवलम्बन गर्न सक्दछ । अनुभववादले नयाँ प्रमाणहरू देखापर्दा पहिलेको ज्ञान संशोधन र सुधारको विषय हो भनी मान्यता दिन्छ । यस दृष्टिकोणले प्राकृतिक संसारको पूर्वबुझाइलाई परिवर्तित स्वरूपमा व्याख्या गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ । यो जन्मजात विचारहरूको भूमिकालाई जोड़ दिने र तर्कवादजस्ता दार्शनिक स्थितिहरूको विपरीत छ । यो विधि आफैंमा पूर्ण वैज्ञानिक विधि नभए पनि वैज्ञानिक विधिको आधार का रूपमा रहेको छ । विज्ञान संरचित अवलोकनहरूमा निर्भर हुन्छ त्यसैले ज्ञानार्जनमा व्यवस्थित अवलोकनको अनुभववाद वैज्ञानिक विधिको सहायक बन्दछ ।
वैज्ञानिक विधि ज्ञानार्जनको यस्तो विधि हो, जसमा निष्कर्षहरू वैज्ञानिक तवरले निकालिन्छ । यस विधिमा विश्वासहरू मानव संवेदनाद्वारा निर्देशित नभई केही बाह्य स्थायीताद्वारा निर्धारित गरिन्छ । जसमा व्यक्तिको व्यक्तिगत सोचको प्रभाव पर्न दिइँदैन (Britannica, Encyclopaedia, 2023)। यस विधिमा, समान परिस्थितिहरूमा एउटै घटनाका लागि फरकफरक व्यक्तिका निष्कर्षहरू व्यावहारिक रूपमा समान हुन्छन् । वैज्ञानिक विधि अन्वेषकहरूले प्राकृतिक घटनाहरूको अनुसन्धान गर्न र संसारको बारेमा ज्ञान प्राप्त गर्न प्रयोग गर्ने एक व्यवस्थित दृष्टिकोण हो । प्राकृतिक संसारको ज्ञान र बुझाइ प्राप्त गर्न यो विधिले संरचित अवलोकन, प्रयोग र विश्लेषणलाई माध्यम मान्दछ । यसमा परिकल्पनाहरू तयार गर्न र परीक्षण गर्न, प्रमाणहरू सङ्कलन गर्न, डेटा विश्लेषण गर्न र निष्कर्ष निकाल्नका लागि पछ्याइएका चरणहरूको एउटा शृङ्खला समावेश हुन्छ । वैज्ञानिक विधिमा निहित यस्तो शृङ्खलाले वैज्ञानिक अन्वेषणको प्रक्रियामा निष्पक्षता, विश्वसनीयता र पुनरूत्पादन सुनिश्चित गर्न मद्दत गर्दछ (Gauch, 2012)1 विभिन्न घटनाहरूको बुझाइ, व्याख्या, भविष्यवाणी र प्रक्रिया-प्रबन्धन गर्ने सन्दर्भमा हेर्ने हो भने ज्ञानार्जनको वैज्ञानिक विधि अनुभवजन्य विधिको स्तरीकृत रूप हो । यसले ज्ञानको वर्तमान अवस्थाको अन्वेषण गरी त्यसमा परिमार्जन र थपघटको कार्यमा सहयोग पुऱ्याउँछ । यसले नियम, सिद्धान्त, परिकल्पना र तात्त्विक मतहरूको सन्दर्भमा वर्तमान अवस्थामा रहेको ज्ञानको दायरा विकसित गराउने विषयमा बल पुऱ्याउँछ (Poincaré, 1914) | अख्तियारको विधिको विपरीत वैज्ञानिक विधि, शङ्काको सिद्धान्तमा निर्मित हुन्छ । यसले आलोचनात्मक सोच, प्रश्न र स्वतन्त्र प्रमाणीकरणलाई प्रोत्साहित गर्दछ । यसले प्रमाणमा आधारित तर्क, पुनः उत्पादनशीलता र नयाँ डेटाको प्रकाशमा सिद्धान्तहरू र परिकल्पनाहरूको निरन्तर र पुनः मूल्याङ्कनको महत्त्वलाई जोड दिन्छ, (Giere, Bickle & Mauldin, 2006) | वैज्ञानिक विधिसम्मत सिकाइ-बुझाइ वा ज्ञानार्जन गर्ने प्रक्रियामा निष्पक्षता, तटस्थता र आफैंलाई जाँच गरेपछि परिमार्जन एवं समायोजन गर्ने क्षमता अन्तर्निहित हुन्छ । मान्यताहरू निर्धारण गर्ने सवालमा वैज्ञानिक विधिले सधैं केही खास विशेषता र नियमहरू पछ्याउँछ । यसका दुई मूल विशेषताहरू छन्, जुन अन्य कुनै विधिहरूमा पाइन्न । ती हुन्- आत्मसुधार वस्तुनिष्ठता। यी दुई मूल विशेषताबाहेक वैज्ञानिक विधिका अन्य केही विशेष स्वभावहरू पनि छन् । ती हुन्- सामान्यीकरण, सत्यापनीयता, पूर्वकथनीयता, व्यवस्थितता र निश्चितता (Khatiwada et al., 2013)। यहाँ दुवै विशेषता र विशेष स्वभावहरूका बारेमा संक्षिप्त चर्चा गरिएको छ :
अन्य विधिहरूबाट मात्र नभई वैज्ञानिक विधिबाटै स्थापित ज्ञान र समझलाई समेत नयाँ प्रमाण र अवलोकनको आधारमा परिमार्जन र सुधार गर्ने वैज्ञानिक विधिको क्षमता नै आत्मसुधार हो । यसले वैज्ञानिक ज्ञान निरपेक्ष वा अचुक छैन र नयाँ जानकारी उपलब्ध हुँदैजाँदा परिशोधन र परिमार्जनको अधीनमा छ भन्ने कुरा स्वीकार गर्दछ । आत्मसुधार वैज्ञानिक प्रगतिको एक महत्त्वपूर्ण पक्ष हो । किनकि यसले वैज्ञानिकहरूलाई अघिल्ला निष्कर्षहरू निर्माण गर्न, त्रुटिहरू सच्याउन र सिद्धान्तहरू वा मोडेलहरू परिष्कृत गर्न अनुमति (Lakatos, 1978)1 दिन्छ आत्मसुधारको प्रक्रियामा सामान्यतया धेरै चरणहरू समावेश हुन्छन् । पहिलो, विद्यमान ज्ञान र अवलोकनको आधारमा परिकल्पना वा सिद्धान्तहरू निर्माण गरिन्छ । यी परिकल्पनाहरू प्रयोग, अवलोकन, डेटा सङ्कलन र