प्रकाश विकल्प अनुसन्धाता, विचारक र लेखक हुनुहुन्छ । उहाँका 'देश किन बनेन' र 'समृद्धिको रोडम्याप' पुस्तक प्रकाशित छन् । उहाँको नेतृत्वमा दर्जनौँ अध्ययन र परियोजना प्रतिवेदनसमेत प्रकाशित छन् । उहाँका अग्रगामी वैकल्पिक विचार, सामाजिक-राजनीतिक रूपान्तरण, युवा नेतृत्व, सुशासन र विज्ञान-प्रविधिसम्बधी दर्जनौं लेख नेपाली तथा अङ्ग्रेजी भाषामा प्रकाशित छन् । हाल उहाँ अल्टरनेटिभ फाउन्डेसनको अध्यक्ष हुनुहुन्छ । सम्पादन मण्डल मुख्य शब्द साइन्सबेस्ड अप्रोच, वैज्ञानिक सँस्कार, न्याय र समानता, सृजनात्मकता र सापेक्षता, प्रश्न र खोज, जमर्को
परिचय
'वैकल्पिक' भन्नेबित्तिकै 'नयाँ कुरा' भन्ने बुझिन्छ । चाहे त्यो वस्तु होस् वा विचार, यथास्थितिको विकल्प भनेकै वैकल्पिक हो । नेपाली शब्दकोशका अनुसार विकल्पको अर्थ हुन्छ- दुई वा बढी विषयमध्ये कुनै एक विषय छान्ने काम । अथवा, पहिले कुनै कुरा सोचेर फेरि त्यसको विपरीत अर्कै कुरा सोच्ने काम; पूर्व विचारलाई त्यागेर लिइएको नयाँ विचार नै विकल्प हो । विकल्पका बारेमा बुझिसकेपछि वैकल्पिकको अर्थ बुझ्न सहज हुन्छ । किनकि, विकल्प र वैकल्पिक समकक्षस्तरका शब्द हुन् । अतः वैकल्पिक भनेको पहिले छानिएको ठाउँमा नयाँ वस्तु वा विचार छान्ने कुरा हो । अझ सरल ढङ्गले भन्नुपर्दा एउटा निश्चित कुराको एक वा धेरै विकल्प खोज्नु नै वैकल्पिक हो । यस शब्दको ज्यादाजसो प्रयोग अग्रगामी परिवर्तनकारीले गर्दछन् । त्यसैकारण, 'वैकल्पिक' शब्दले 'रूपान्तरण' समेतलाई जनाउँछ । अर्थात् हिजोभन्दा आज र आजभन्दा भोलि अझ नयाँ र उत्कृष्टता अभिव्यक्त गर्न 'वैकल्पिक' शब्द प्रयोग गरिन्छ । आम प्रयोगका हिसाबले हेर्दा वैकल्पिक विचार र दृष्टिकोण गतिशील विचार र दृष्टिकोण हो । गतिशील विचार र दृष्टिकोण नै विज्ञान हो । त्यसकारण, अग्रगामी वैकल्पिक विचार भनेको वैज्ञानिक विचार हो । विश्वको सापेक्षतामा हेर्दा यथास्थितिवादी विचार, ज्ञान र प्रयोगको विपरीत गतिशील विचार, ज्ञान र प्रयोग गर्ने कुरा नै वैकल्पिक विचार हुन जान्छ । अग्रगामी वैकल्पिक दृष्टिकोणबाट वर्तमान विश्वलाई हेर्ने हो भने आजको वैज्ञानिक सभ्यताको युगमा पनि कयौं अवैज्ञानिक मूल्य यथावत छन् । मानव जातिको विकासक्रममा अवैज्ञानिक चेतनाले रचना गरेका तमाम सामाजिक-राजनीतिक मूल्यहरू आज पनि यथावत छन् । लैङ्गिक, धार्मिक, जातीय, भौगोलिक र रङ्ग एवम् वर्गको आधार मा हुने विभेद तथा असमानता आज पनि विश्वमा अशान्तिको प्रमुख कारक हुन् । विभेद र असमानता मानवताका लागि जहिल्यै गम्भीर चुनौतीको विषय हो । वर्तमान वैज्ञानिक सभ्यताको युगलाई नै लजास्पद बनाइरहेका यस्ता सामाजिक-राजनीतिक समस्याको वैज्ञानिक ढङ्गले सम्बोधन गर्नु आजको अपरिहार्यता हो । न्याय-समानता एवम् अधिकार र स्वतन्त्रता सुनिश्चित गरी मानवतावादमा आधारित शान्त-समृद्ध विश्व निर्माण गर्न अग्रगामी वैकल्पिक विचार र प्रयोग अनिवार्य छ । त्यसकारण, २१औं शताब्दी र यसपछिको मानव जातिलाई नयाँ दिशामा डोऱ्याउन अग्रगामी वैकिल्पक विचार र दृष्टिकोण विकास गरी त्यसको सशक्त प्रयोगका लागि अल्टरनेटिभ फाउन्डेसनको स्थापना गरिएको हो । यस फाउन्डेसनको नारा छ- 'थिंक अल्टरनेटिभ, डु अल्टरनेटिभ !' (वैकल्पिक सोचौं, वैकल्पिक गरौं !) । फाउन्डेसनको बिउँ र मुख्य जग नै वैकल्पिक विचार हो । अतः वैकल्पिक विचार तथा दृष्टिकोणको प्रयोगशाला हो- अल्टरनेटिभ फाउन्डेसन । वैज्ञानिक सँस्कार निर्माण, प्रकृतिको र क्षा र मानव जातिको समान प्रगति अल्टरनेटिभ फाउन्डेसनको भिजन हो । विज्ञान तथा सूचना प्रविधिको विकास र प्रयोगका माध्यमद्वारा मानवता हासिल गर्नमा योगदान पुऱ्याउन वैकल्पिक विचार र दृष्टिकोणको विकास गर्दै त्यसको प्रयोगमा फाउन्डेसनका सारा गतिविधि केन्द्रित छन् । अल्टरनेटिभ फाउन्डेसन हरेक समस्याको अग्रगामी विकल्प निर्माण गर्नुपर्नेमा जोड गर्दछ । वर्तमान 'वैज्ञानिक मानव सभ्यता'ले पृथ्वी नामको ग्रहमा मात्र आफ्नो आधिपत्य जमाएको छैन, अन्य ग्रहमासमेत नियन्त्रण बढाउँदै गइरहेको छ । मान्छेले अग्रगामी विकल्प सृजना गर्न सक्ने भएर नै यो सब सम्भव भएको हो । तसर्थ, इतिहासमा मानव जातिले विकास गर्न सकेको अग्रगामी वैकल्पिक विचार, दृष्टिकोण र प्रयोग यस फाउन्डेसनका लागि उत्प्रेरणाको स्रोत हो । मूलतः अग्रगामी वैकल्पिक विश्व दृष्टिकोण निर्माणमा योगदान गर्नु फाउन्डेसनको मुख्य उद्देश्य हो । तापनि घरेलु देश नेपालभित्र रहेका तमाम अवैज्ञानिक समस्या सम्बोधन गर्न पहल गरी वैज्ञानिक समाज निर्माण गर्न भूमिका खेल्नु पनि यस फाउन्डेसनको उत्तिकै प्राथमिकताको विषय हो । अग्रगामी वैकल्पिक विचार र दृष्टिकोणको नेपालमा सफल प्रयोग गरी त्यसलाई विश्वमा लैजान चाहन्छ, फाउन्डेसन । यसका लागि 'बाइ दि नेपाल फर दि वर्ल्ड' भन्ने नारा तय गरेको छ । विकसित देशको तुलनामा नेपालको विकास किन हुन सकेन ? देशको विकासका लागि विज्ञान तथा सूचना प्रविधिको विकास र प्रयोग अनिवार्य छ ? यदि छ भने नेपालमा किन विज्ञान तथा सूचना प्रविधिको विकास र प्रयोग आवश्यक मात्रामा हुन सकिरहेको छैन ? यसको मुख्य कारण के हो ? यी र यस्तै तमाम प्रश्नको खोजी अल्टरनेटिभ फाउन्डेसनको ध्येय हो । यस फाउन्डेसनले राज्यका नीतिलाई विकास र समृद्धिको मुख्य जिम्मेवार मान्दछ । देश विकास गर्न पहिला विकासमैत्री सापेक्षित नीति बन्नुपर्नेमा फाउन्डेसनको मत रहेको छ । प्रणाली र बजेज तथा कार्यक्रमको प्रमुख आधार नै नीति भएकाले देश विकासको प्रस्थानवीनदु वैज्ञानिक नीति हो भन्ने फाउन्डेसनको निष्कर्ष रहेको छ । तर, फाउन्डेसनको बुझाइमा नेपालका नीतिले परम्परा र यथास्थितिको संरक्षण एवं प्रवर्द्धन गर्छन् । ढिलासुस्ती र भ्रष्टाचारलाई प्रश्रय दिन्छन् । विज्ञान तथा सूचना प्रविधिको विकासमा जटिलता पैदा गर्छन् । नयाँ भिजन र वैज्ञानिक खोज-अनुसन्धानलाई प्रोत्साहन गर्दैनन् । नेपालका नीतिमा समस्याको समाधानभन्दा पनि समाधानमा समस्या खोज्ने 'स्पेस' छ । नेपालका नीतिले नीतिगत सर्वोच्चता हैन, व्यक्तिगत सर्वोच्चतालाई पर्याप्त स्थान दिन्छन् । नेपालका नीति सापेक्षित नभएर पूर्णतः निरपेक्ष छन् । राज्यका नीतिले काग र मुसालाई उनीहरूको शारीरिक बनोटअनुसार हैन, एउटै भाँडामा पानी खुवाउनुपर्छ भन्छन् । नेपालका नीति परिणामको उपचारमा मात्र केन्द्रित छन् न कि समस्याको जरोसम्म पुगेर उपचार गर्न । यहाँका नीतिले क्रमभङ्गतामा हैन, नजिरमा विश्वास गर्दछन् । नीतिगत कमजोरीकै कारण नेपालमा गतिशील प्रणाली निर्माण हुन नसकेको निचोडमा फाउन्डेसन पुगेको छ । यो अवस्थाको विकल्प भनेको देशमा अग्रगामी वैकल्पिक विचार र दृष्टिकोणको विकासमा सबैले आ-आफ्नो स्थानबाट योगदान गर्नु हो । यसका लागि अल्टरनेटिभ फाउन्डेसन उपयुक्त प्लेफर्म बन्न सक्दछ ।
अल्टरनेटिभ फाउन्डेसन मूलतः प्रकृति, विज्ञान र मानवतावादी वैचारिकीबाट निर्देशित भएर विश्वमा मानवता प्राप्तिका लागि काम गर्न अग्रसर संस्था हो । प्राकृतिक नियमका आधारमा सामाजिक प्रणाली निर्माण (न्याय, समानता र बराबरी), विज्ञान (खोज तथा अनुसन्धान) लाई टुल्सका रूपमा विकास र प्रयोग गरी विश्वमा मानवता प्राप्त गर्न दृढ रहेको छ ।
अल्टरनेटिभ फाउन्डेसनले विकास गरेको संस्थाको 'कोर भ्यालु' केवल संस्थाको जीवनका लागि मात्र नभएर नयाँ केही गरौं भन्ने हरेक मान्छेका लागि समेत उपयोगी हुने विश्वास लिएको छ । फाउन्डेसनले विकास गरेको दश वटा कोर भ्यालु वैकल्पिक विचार र दृष्टिकोण विकास गरी सफल संस्था र जीवन प्राप्तिको कोसेढुङ्गा हुन सक्दछ । फाउन्डेसनले विकास गरेको कोर भ्यालु र त्यसको संक्षिप्त व्याख्या निम्न बमोजिम छ ।
व्यक्ति होस् वा संस्था निश्चित विचारद्वारा निर्देशित हुन्छ । भलै, त्यो अग्रगामी होस् वा पश्चगामी । तर, अल्टरनेटिभ फाउन्डेसन भने अग्रगामी मात्र हैन, अग्रगामी वैकल्पिक विचारद्वारा निर्देशित छ । मानव जातिको विकासक्रमलाई हेर्ने हो भने हिजो जङ्गलमा बस्ने र कन्दमूल खाने मान्छे लाई आज कृत्रिम बौद्धिकता (एआई) को युगमा ल्याउनमा तत्कालीन समयका सीमित मान्छेमा विकास भएको अग्रगामी वैकल्पिक विचारको मुख्य भूमिका रहेको फाउन्डेसनको निष्कर्ष हो । त्यसकारण, मानव जातिको थप प्रगति र उन्नतिका लागि फाउन्डेसनले 'अग्रगामी वैकल्पिक विचार'लाई आफ्नो मुख्य कोर भ्यालुका रूपमा आत्मसात गरेको छ ।
अग्रगमनको मुख्य स्रोत नै प्रश्न र खोज हो । प्रश्न र खोजविना अग्रगति प्राप्त गर्ने सकिँदैन । आज मान्छेले जुन सहज जीवन प्राप्त गरेको छ, यसको कारण हिजोका मान्छेले गरेको प्रश्न र खोज नै हो । भोलि जुन भव्य जीवन प्राप्त गर्नेछ, त्यसको कारण पनि आजका मान्छेले गर्ने प्रश्न र खोज नै हुनेछ । त्यसकारण, प्रश्न र खोजलाई फाउन्डेसनले आफ्नो कोर भ्यालु बनाएको हो ।
फाउन्डेसन सपना र भावनामा विश्वास गर्दछ । अग्रगतिका लागि अग्रगामी सपना र त्यसलाई प्राप्त गर्ने भावनात्मक प्रतिबद्धता हुनुपर्नेमा विश्वास गर्दछ । सपना र भावनाले हरेक संस्थाको सफलता र असफलता निर्धारण गर्दछ । नयाँ र रूपान्तरणका लागि सपना देख्नुपर्छ र सपना प्राप्त गर्न भावनात्मक रूपमै प्रतिबद्ध हुनुपर्छ । त्यसकारण, सपना र भावनालाई फाउन्डेसनले आफ्नो कोर भ्यालुका रूपमा अगाडि सारेको हो ।
४. तथ्यमा विश्वास :
अग्रगतिका लागि तथ्यमा आधारित चेतना र विश्वास हुनुपर्दछ तथ्यमा विश्वास गर्नु भनेको काल्पनिकतामा अविश्वास गर्नु हो । विश्वमा सम्पूर्ण हिसाबले न्याय, समानता र बराबरीको सामाजिक-राजनीतिक प्रणाली विकास गरी मानवता हासिल गर्न तथ्यमा आधारित वैज्ञानिक मानव चेतना अपरिहार्य हुन्छ । त्यसकारण, फाउन्डेसनले तथ्यमा आधारित विश्वासलाई आफ्नो कोर भ्यालुका रूपमा लिएको हो ।
सृजनात्मकता र सापेक्षता एउटा संस्थाको सफलताका लागि मात्र नभएर समग्र मानव जातिको थप अग्रगतिका लागि आपरिहार्य मूल्य हो । आदिम मानव जातिलाई आजको विज्ञानको युगमा ल्याइपुऱ्याउन 'सापेक्षित सृजनात्मकता'को ठूलो मूल्य छ । आज विश्वका उदाहरणीय पात्र वा संस्थालाई हेर्ने हो भने उनीहरूको सफलताको एकमात्र राज सापेक्षित सृजनात्मकता नै हो । त्यसकारण, आफ्नो भिजन प्राप्तिका लागि फाउन्डेसनले सृजनात्मकता र सापेक्षतालाई आफ्नो कोर मूल्यका रूपमा अङ्गीकार गरेको छ ।
६. प्रयास र काम : फाउन्डेसनलाई एक सफल संस्था बनाई विश्वलाई नयाँ दिशामा डोऱ्याउन फाउन्डेसनले गर्ने हरेक काम नवीनतम हुनुपर्नेमा विश्वास गर्दछ | मानव जातिको विकासलाई आजको युगसम्म ल्याउन पनि नवीनतम 'प्रयास र काम'को नै मुख्य योगदान रहेको र भोलि थप नयाँ दिशामा डोऱ्याउन पनि नवीनतम र निरन्तर प्रयास/कामबाट मात्र सकिने निष्कर्षसहित प्रयास र कामलाई फाउन्डेसनले आफ्नो कोर भ्यालु बनाएको हो ।
आफूलाई विश्वको एक फरक संस्था बनाई विश्वमा नै मानवताको जागरण ल्याउन पहिले आफैं गतिशील र रूपान्तरणकारी हुनुपर्नेमा फाउन्डेसनको जोड रहेको छ । गतिशीलता र रूपान्तरणकारी मूल्यको जगमा मात्र मानव जातिको समान अग्रगति र माननवता हासिल गर्न सकिने विश्वासका साथ फाउन्डेसनले गतिशीलता र रूपान्तरण'लाई फाउन्डेसनले आफ्नो मूल्यका रूपमा पहिचान गरी आत्मसात गरेको हो ।
विश्वमा स्थायी शान्ति र एकताका कायम गर्न मानव जातिको समान अग्रगति आवश्यक हुन्छ, समान अग्रगतिका लागि न्यायपूर्ण समाज अपरिहार्य छ । त्यकासण, विश्वमा मानवता हासिल गर्न न्याय र समानता सम्झौताविहीन सवाल भएकाले 'न्याय र समानता'लाई फाउन्डेसनले आफ्नो मूल्यका आत्मसात गरेको हो ।
विश्वमा समानता, न्याय र एकता कायम गरी मानव सभ्यतालाई नयाँ उच्चाइमा दिन अवैज्ञानिक सँस्कार र प्रणालीको अन्त्य हुनुपर्नेमा फाउन्डेसनको मत रहेको छ । त्यसकारण, अवैज्ञानिक सँस्कार र प्रणालीलाई लीलाई 'वैज्ञानिक सँस्कार र प्रणाली'ले विस्थापन गर्नुपर्ने आवश्यकतामा योगदान गर्न वैज्ञानिक सँस्कार र प्रणालीलाई फाउन्डेसनले आफ्नो कोर भ्यालुका रूपमा अगाडि सारेको हो । फाउन्डेसनको कोर भ्यालु (प्राण) ले संस्थाको भिजन प्राप्तिमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ ।
मूलतः साइन्सबेस्ड अप्रोच (विज्ञानमा आधारित दृष्टिकोण) भनेको समस्याको स्रोत अर्थात् जरैसम्म पुगेर सम्बोधन गर्ने अवधारणा हो । अग्रगामी सोच, सापेक्ष नीति र दृष्टिकोण, समानता र बराबरीमा आधारित सामाजिक-राजनीतिक प्रणाली, योजनाद्वारा निर्देशित, क्षमतालाई प्रोत्साहन, सृजनशीलता एवम् इनपुट केन्द्रित विधि, तथ्य र तथ्याङ्कमा आधारित कार्यनीति र विश्वास नै विज्ञानमा आधारित अवधारणा हो । परिणामहीनता, काल्पनिकता, कुतर्क, नकारात्मकता, यथास्थिति र निरपेक्षता, असमानता र विभेद, आउटपुट केन्द्रित कार्यशैली, ढिलासुस्ती परम्परागत मूल्य विज्ञानमा आधारित अवधारणाको विपरीत हो । अल्टरनेटिभ फाउन्डेसनले साइन्सबेस्ड अप्रोचलाई आफ्नो कार्यशैलीको मेरुदण्ड मान्दछ ।
लाखौँ वर्षको सङ्घर्षपूर्ण यात्रापश्चात् मानव जाति आजको वैज्ञानिक युगमा आइपुगेको हो । परन्तु, अवैज्ञानिक चेतनाले निर्माण गरेको अन्यायपूर्ण सामाजिक-राजनीतिक प्रणालीका कारण विश्वमा अझै पनि युद्ध र अशान्तिको अवस्था छ । उत्पीडित वर्ग- समुदायले उत्पीडनबाट मुक्त हुन र उत्पीडक वर्ग-समुदायले वर्चश्वको निरन्तरताका लागि लडाइँ गर्दछ । यद्यपि, २१औं शताब्दीको मानव सभ्यता आदिम चेतनाद्वारा निर्देशित हुन सक्दैन । उन्नत चेतनाले अन्याय गर्न र सहन दुवै सक्दैन । आज विश्व अशान्तिले मानव मात्रको हैन, पृथ्वीकै भविष्यमाथि सङ्कट पैदा भएको छ । वस्तुतः न्याय र समानता स्थायी शान्तिको अनिवार्य सर्त हो । त्यसकारण, अग्रगामी वैकल्पिक विचार का आधारमा समानता, न्याय र बराबरी अर्थात् मानवताको सुनिश्चितासहित नयाँ मानव सभ्यता विकास गर्नु आजको मानव चेतनाको पहिलो र अनिवार्य काम हो । यसका लागि विश्वका दार्शनिक, वैज्ञानिक, राजनीतिक नेता, सामाजिक अगुवादेखि हरेक नागरिकले आ-आफ्नो ठाउँबाट पहल लिनुपर्दछ ।
https://nepalacademy.org.np/wp-content/uploads/2019/01/Sabdkosh-2075-10th.pdf
https://alternativefoundation.org.np/
Copyright © 2025, Thought Navigation
Comments
Leave a Comment