डा. कविराज पौड्याल, भूगर्भशास्त्र केन्द्रीय विभागमा प्राध्यापन गर्नुहुन्छ । उहाँका अनुसन्धानहरू नेपालका खनिज, भौगर्भिक नक्साङ्न, प्राकृतिक प्रकोप, भूमिगत जल तथा इन्जिनियरिङ भूगर्भसँग सम्बन्धित छन् । उहाँ नेपाल भौगर्भिक समाजको अध्यक्ष (२०१७-२०२०), भूगर्भशास्त्र केन्द्रीय विभाग इन्जिनियरिङ जियोलोजि स्नात्तकोतर तह (२०२१-२०२२) कार्यक्रम संयोजक समेत हुनुहुन्छ । उहाँका पाँच दर्जनभन्दा बढी वैज्ञानिक लेखहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरूमा प्रकाशित छन् । - सम्पादन मण्डल
– Alternative and Progressiveप्रा.डा. शोभाकान्त लामिछाने 'सिलिकन नानो टेक्नोलोजी'मा जे.एन.यू. बाट विद्यावारिधी हासिल गर्नुभएका त्रि.वि., पि.एन. क्याम्पस, विज्ञान शिक्षा विभागको प्रमुख हुनुहुन्छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका 'प्राज्ञ' डा. लामिछाने, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, बी.पी. प्लानेटोरि यमका पूर्व-कार्यकारी निर्देशक समेत हुनुहुन्छ । प्रशासनिक तथा प्राज्ञिक अनुभव हासिल गर्नुभएका लामिछानेले विभिन्न सङ्घ-संस्थामार्फत प्राज्ञिक-वैज्ञानिक परियोजनाहरू समेत सम्पन्न गरिसक्नुभएको छ । अतिसूक्ष्म विज्ञान र प्रविधिमा गहिरो रूचि राख्नुहुने लामिछाने अनुसन्धान तथा आविष्कार केन्द्र पि.एन. क्याम्पस लगायत अन्य सार्वजनिक संस्थाका अनुसन्धान समितिसँग पनि आबद्ध हुनुहुन्छ । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गोष्ठीहरूमा व्याख्यान समेत दिइसक्नुभएका लामिछानेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरूमा दर्जनौं शोध निष्कर्षहरू प्रकाशित छन् । शिक्षा सन्देश, हिमालयन साइन्टिफिक, हिमालयन फिजिक्सजस्ता जर्नलको संस्थापक एवं प्रधान सम्पादकको जिम्मेवारी सम्हालिसक्नुभएको छ । डा. लामिछानेका 'क्वान्टम सिद्धान्त' लगायत करिब आधा दर्जन पुस्तक प्रकाशित छन् । -सम्पादक मण्डल
– Alternative and Progressiveआरके ढुंगाना, विगत पन्ध्र वर्षदेखि नेपालको शैक्षिक तथा आर्थिक-सामाजिक क्षेत्रको अध्ययन, अनुसन्धान, अन्वेषण तथा अध्यापनमा सक्रिय हुनुहुन्छ । सरकारी तथा गैरसरकारी क्षेत्रका नीति-योजना निर्माण तथा क्षमता अभिवृद्धि सम्बन्धी विभिन्न कार्यमा उहाँको संलग्नता रहेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय म्यागेजिन तथा जर्नलहरूमा विभिन्न विषयमा उहाँका लेख-रचनाहरू प्रकाशित छन् । हाल उहाँ अल्टरनेटिभ फाउण्डेशनको महासचिव हुनुहुन्छ । -सम्पादक मण्डल
– Alternative and ProgressiveProgress in scientific knowledge and cultural development have played an important role in the advancement of societies throughout the world. In this context, women have often been underrepresented and undervalued in shaping scientific culture and contributing to the advancement of society.
– Alternative and Progressive